सङ्कल्प यात्रालाई रोक्न गरिएको घोषणा फिर्ता लिन एमालेको आग्रह
विराटनगर, २३ मंसिर / सङ्कल्प यात्रा रोक्ने उद्देश्यले पहिचानवादीहरुले घोषणा गरेको कोशी प्रदेश बन्द फिर्ता लिन नेकपा एमालेले आग्रह गरेको छ । झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा अन्तर्गत २६ गतेदेखि कोशी प्रदेशमा हुने यात्रामा अवरोध नगरी सहयोग गर्न नेकपा एमालेले पहिचानवादीलाई आग्रह गरेको हो ।
एमालेले आज विराटनगरमा पत्रकार सम्मेलन गरी सङ्कल्प यात्रा पहिचानवादी लक्षित नभएको प्रष्ट पार्दै पहिचानवादीहरुलाई बन्द हडताल फिर्ता लिन आग्रह गरेको छ । एमाले प्रसार तथा प्रकाशन विभाग कोशी प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेका सचिव एवं कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठले पूर्व निर्धारित कार्यतालिकाअनुसार तीन हप्ते कार्यक्रम गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा शुरु भएको बताए ।
कोशी प्रदेश नामकरणको विषयलाई लिएर अभियानलाई अवरोध नगर्न आग्रह गर्दै सचिव महासेठले पहिचानवादीलाई एमालेको अभियानलाई अवरोध नगर्न र राष्ट्रिय अभियान निरन्तररुपमा अघि बढिरहेकोले चिवाभञ्ज्याङ पुगेरै टुङ्गिने प्रष्ट पारे । कोशी प्रदेश प्रदेशसभाको दुई तिहाई बढी सांसदको समर्थनमा नामकरण भएकाले एमालेलाई मात्रै गाली गरेर अवरोध नगरी आन्दोलन फिर्ता लिन उनले सम्बन्धित पक्षलाई आग्रह गरे ।
त्यसैगरी कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले नामकरण विषयको आन्दोलनलाई प्रदेश सभामा केन्द्रित गरी एमालेको १८७९ को यात्रामा पहिचानवादीको साइनो सम्बन्ध नभएको बताए । एमाले स्थायी कमिटी सदस्य समेत रहेका उनले समृद्धिको यात्रामा अवरोध नगर्न आग्रह गर्दै पहिचानवादीसँग संवाद गर्न एमालेले चाहेको र संवाद गर्न चाहेको भए आन्दोलनका कार्यक्रम फिर्ता गर्न जोड दिए । असली पहिचानवादीले एमालेको अभियानलाई अवरोध मात्र गर्न खोजेको भए आन्दोलनको कुनै अर्थ नहुने र आन्दोलनको औचित्य नै नहुने पनि नेता राईको भनाई थियो ।
मंसिर २६ गते पुस २ गतेसम्म कोशी प्रदेशका ६ स्थानमा एमालेले सभा, छलफलको कार्यक्रम रहेको कोशी प्रदेशका उदयपुरको घुर्मी, तेह्रथुमको वसन्तपुर, र पाँचथरको फिदिममा सभा हुने कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए । उनका अनुसार अभियानले कोशी प्रदेशको ४ सय २५ किलोमिटर यात्रा तय गर्नेछ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

