छात्रा कुट्ने शिक्षक पक्राउ
रुपन्देही । पश्चिमनवलपरासीको एक निजी विद्यालयमा बालिकालाई कुट्ने सहायक प्राचार्य पक्राउ परेका छन् ।
सरावल ७ बर्गदवामा रहेको बर्दघाट कालिका बोर्डिङ्ग स्कुलमा अध्ययनरत बालिकालाई निर्घात कुटपिट गर्ने शिक्षक निरञ्जन यादवलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको हो ।
सो विद्यालयका सहायक प्रिन्सिपल यादवलाई बुधवार उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अभिभावकको जाहेरीको आधारमा उनलाई प्रहरीले बालबालिका सम्बन्धि कसुरमा मुद्दा दायर गरी अनुसन्धान सुरु गरेको छ ।
बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ७२ अनुसार यादवलाई बालबालिका सम्बन्धी कसुरमा कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ । उक्त कसुरमा दोषी ठहर भएमा एक वर्षसम्म कैद र ५० हजार जरिवानाको व्यवस्था रहेको छ ।
कक्षा एकमा अध्ययनरत ९ वर्षीय कञ्चना राजभरलाई यादवले प्लास्टिकको पाइपले पिठ्युँ, टाउको, हातमा निर्घात कुटपिट गरेको अभिभावकले जनाएका छन् । कुटपिटबाट बालिकाको शरिरमा पूरै रातो डाम बसेको छ ।
सोमबार बालिकाको घरमा गएर पनि उनले विद्यालय किन नआएको भन्दै कुटपिट गरेका यादवले आफ्नै मोटरसाइकलमा बसाएर विद्यालय ल्याई पाइपले कोठा थुनेर कुटपिट गरेको अभिभावकले आरोप लगाएका छन् । घटनापछि सो विद्यालयमा वडाअध्यक्ष हायात खाँ धुनियाँसहित स्थानीयको टोलीले मंगलबार नै तालाबन्दी गरेपछि प्रहरीलाई थप दवाव परेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

