शासकीय सुधारका लागि आयोग नै गठन गर्ने सोचमा प्रधानमन्त्री

काठमाडौं, २० मंसिर/ सरकारले सोचेजस्तो शासकीय सुधार ल्याउन नसकेपछि एउटा आयोगन नै गठन गर्ने सोचमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगेका छन् । शासकीय सुधारका लागि आफूले दिएको निर्देशन सचिवहरुले टेर्न छोडेपछि शासकीय सुधार आयोग गठन गर्ने मनपस्थितिमा प्रम दाहाल पुगेका हुन् ।

ललिपुरमा आयोजित एक अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्दै आफूले शासकीय सुधारका लागि प्रधानमन्त्रीको स्तरबाट निर्देशन जारी गर्ने गरेको तर सचिवहरुले अनेक बहाना गरेर टार्ने गरेकोले परिणाम निराशाजनक प्राप्त भईरहेकाले अब अलि फरक कदम चाल्नु पर्ने बाध्यता रहेको उनले बताए । प्रम दाहालले भने ‘सोचेजस्तो शासकीय सुधारको काम गर्न सकिएको छैन, अब सरकारको ध्यान समग्र शासकीय प्रणाली सुधारमा केन्द्रित हुन्छ ।’

Advertisement:

नेपालको अर्थतन्त्र र शासकीय सुधार विषायक अन्तरक्रिया कार्यक्रममा अब प्रशासकीय सुधार मात्रै नभई समग्र शासकीय प्रणालीमा नै सुधार गर्ने कुरामा आफूहरुले छलफल चलाईरहेका प्रधानमन्त्री प्रचण्ड बताए । यसका लागि आयोग नै गठन गर्ने अहिलेसम्म देखिएका जटिलताको समग्र समीक्षा गर्दै अगाडि जाने उनको भनाई थियो । सेवा प्रवाहको क्षेत्रमा साना–साना कामहरुमा सुधार गरेर ठूला–ठूला कामहरुलाई प्रायोटाइज गर्न आवश्यक देखिएको पनि प्रधामनमन्त्री दाहालले प्रष्ट पारे ।

पहिलोचोटी सचिवहरुलाई निर्देशन दिँदैगर्दा ठोस रुपमा प्रस्तुत गर्ने कोशिस गरिएको तर नतिजा हेर्दा त्यो उत्साहजनक नभई निराशाजनक रहेको उनले दुखेसो पोखे । प्रधानमन्त्री प्रचण्डले २०७९ पुस २९ गते सरकारका सचिवहरुसँग बैठक गरी ३० बुँदे निर्देशन दिएका थिए । आफूले दिएको सोही निर्देशन स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले तत्काल जनतालाई सेवा प्रवाह गर्न र जनतामा उत्साह आउने गरी परिणाममुखी काम गर्न मातहतका सबै निकायलाई निर्देशनसमेत दिए ।

प्रतिक्रिया दिनुहोस् :