अपाङ्गता दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम

मकवानपुर – सि आशा फाउण्डेशनद्वारा संचालित आशा विशेष पाठशाला तथा पुर्नस्थापन केन्द्रले शुक्रबारबाट सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ । केन्द्रले ३२ औं अन्तरास्ट्रिय अपाङ्गता दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको हो ।

साताव्यापी कार्यक्रमको आज पहिलो दिन हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले हेटौंडा –७, हरियाली टोलस्थित आशा विशेष पाठशाला तथा पुनर्स्थापना केन्द्रको विद्यालय भ्रमण तथा अवलोकन गरी कार्यक्रमको अनौपचारिक उद्घटन गरेकी थिइन् ।

Advertisement:

उनले कार्यक्रमको शुभकामन दिँदै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आगामी दिनहरुमा आवश्यक साथ र सहयोग गर्ने प्रतिवद्धता गरिन् ।

यस्तै, सो क्रममा विद्यालयमा अध्ययनरत १६ वर्ष उमेर समूहभन्दा माथिका विद्यार्थीहरुले निर्माण गरेको विविध हस्तकला सामाग्री, हाते सीप बुनाइ, सिन्के धुप, मैनबत्ती लगायतका सामाग्रीहरु प्रदर्शनी अवलोकन तथा बिक्री बितरणका लागि राखिएको थियो ।

उक्त कार्यक्रम आगामी मंसिर २२ गतेसम्म संचालन हुनेछ ।

 

बिगत २०६९ सालदेखि हेटौंडेली परिवार नामक गैरसरकारी संस्थाको रुपमा दर्ता गरी सीपी, डाउनसिन्ड्रोम, अटिजमलगायतका समस्या भएका बालबालिकाहरुलाई शिक्षा दिने उद्देश्यले २०७३ मा विशेष विद्यालयको रुपमा आशा विशेष पाठशाला तथा पुनर्स्थापना केन्द्रको नाममा दर्ता भई हाल निरन्तर रुपमा सेवा दिँदै आइरहेको छ ।

यस शैक्षिक वर्ष २०८० मा सो विद्यालयमा ५५ जनाले पिक्टोग्रामको सहायताबाट विभिन्न सैद्धान्तिक तथा व्यबहारिक, व्यवसायीक सीप विकास सिकाइ लगायतका अन्य सेवाहरु लिँदै आइरहेका छन् । जसमध्ये ११ जनाले आवासीय सुविधा समेत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस् :