प्रहरी र दुर्गा प्रसाईं समर्थक बीच गौशालामा झडप, प्रहरीले अश्रुग्यास प्रहार गर्यो

मङ्सिर ११, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच सोमबार काठमाडौंको गौशालामा झडप भएको छ ।

प्रदर्शनकारीले गौशालामा सडक अवरुद्ध गरेर सभा आयोजना गरेका थिए । सडकबाट प्रदर्शनकारीलाई हटाउन खोज्दा प्रहरीमाथि ढुंगा प्रहार भएपछि झडप भएको हो । सभामा प्रसाईं आफै पुगेका थिए ।

Advertisement:

प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनमा उत्रिएका धर्मगुरु आचार्य श्रीनिवाससहित १० भन्दा बढी व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ ।

आयोजित सभामा श्रीनिवासलगायत अन्य प्रदर्शनकारीले आन्दोलन अझ चर्काउनुपर्ने भन्दै उत्तेजक भाषण गरेका थिए । जसको परिणाम भिड उत्तेजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस् :