लागुऔषध गाँजासहित चितवनकी लामा हेटौँडामा पक्राउ

हेटौँडा – मकवानपुर प्रहरीले हेटौँडाबाट आइतबार ६ किलो लागुऔषध गाँजासहित एकजना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ३, लौरीचोककी २० वर्षीया सरिता लामा रहेकी छन् ।
मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार लामालाई आइतबार बिहान ४ बजेर ५० मिनेटको समयमा हेटौंडा–१०, बसपार्कबाट पक्राउ गरिएको हो । बसपार्कमा रहेको स्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले धनगढीबाट काँकडभिट्टाको लागी छुटेको रात्रि बसबाट लामालाई नियन्त्रणमा लिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।
प्रदेश १–०१–००१ ख ३४११ नम्बरको यात्रुबाहक बसलाई रोकी सुरक्षाजाँच गर्ने क्रममा बसमा सवार सरिताले बोकेको जेब्रा झोला भित्रबाट प्रहरीले ६ किलो गाँजा बरामद गरेको हो ।
गाँजासहित पक्राउ परेकी सरितालाई मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस