मनहरी गाउँपालिकाले फुलबल खेलाडीलाई १ लाख रुपैयाँ दिने
मकवानपुर – मनहरी गाउँपालिकाले अन्तरपालिका स्तरीय फुटबलमा उपविजेता बनेका खेलाडीलाई १ लाख रुपैयाँ दिने भएको छ ।
बकैया गाउँपालिकामा शनिबार सम्पन्न पहिलो सहिदस्मृति अन्तरपालिका फुटबल प्रतियोगिताबाट उपविजेता बनेको मनहरी गाउँपालिका खेलकुद विकास समितिलाई नगद १ लाख रुपैयाँ दिने घोषणा गरिएको हो ।
आइतबार गाउँपालिकाको सभाहलमा अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी, प्रमुख प्रशासकीय अधिकृत रमेश सुेवेदी लगायतले खादा, प्रमाणपत्रसहित खेलाडीहरुलाई सम्मान गरेका थिए ।
सोह क्रममा बोल्दै पालिका अध्यक्ष कालाखेतीले आगामी कार्यपालिका बैठकबाट प्रोत्साहन रकम अनुमोदन गरी प्रदान गरिने बताए ।
शनिबार भएको फाईनल खेलमा मनहरीलाई बटाई ब्रेकरमा १ गोलले पराजित गर्दै बागमती गाउँपालिकाले उपाधि हात पारेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

