पिकनिकबाट फर्किएको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु ३७ जना घाइते

मङ्सिर ८, उदयपुर / उदयपुरमा​ पिकनिकबाट फर्किएको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।  आज दिउँसो अन्दाजी १ बजेको समयमा उक्त दुर्घटनामा भएको हो ।

उक्त बसमा ४० जना सवार  रहेका थिए । मृत्यु हुनेमा बसका चालकसमेत रहेका उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले बताएका छन् ।

Advertisement:

दुर्घटनामा परी गम्भीर घाइते १२ जनालाई विराटनगर पठाइएको र अन्य २५ जनाको स्थानीय अस्पतालमा  उपचार भइरहेको डिएसपी चौधरीले बताए ।

उदयपुरगढी गाउँपालिका-७ अधेरी झर्ना नजिकै दुर्घटना हुँदा बस चालक त्रियुगा नगरपालिका ५ का चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा-६ का ७ वर्षीया सम्या चौधरी र ११ वर्षीय विकाश चौधरीको मृत्यु भएको उनले जानकारी दिएका छन् ।

त्यहाँको अन्नपूर्ण सेकेन्डरी बोर्डिङ स्कुलको प्र-०५-००१ ख ००४४ नम्बरको बस दुर्घटनामा परेको थियो । चालकले तेल हाल्न भनी झुक्याएर पिकनिकका लागि बस लिएर गएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस् :