झापामा पृथ्वीनारायण शाहको शालिक अनावरण

विराटनगर, मङ्सिर ८ । पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । बिर्तामोडको इकोम कलेज परिसरमा निर्माण भएको शालिक पूर्वराजा शाहले अनावरण गरेका हुन् ।

मेचीनगर धुलाबारीस्थित निम्जा खोलाबाट शाहको स्वागतमा राप्रपा कार्यकर्ताले मोटरसाइकल र्याली निकालेर बिर्तामोडसम्म पुगेका थिए ।  कार्यक्रमको तयारीलगायत कार्यको लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १० दिनदेखि झापामा  सक्रिय थिए ।

Advertisement:

मेचीनगरबाट हजारौंको संख्यामा मोटरसाइकल र्याली निकालिएको थियो । सहभागीहरुले राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए ।

पूर्वराजा शाह गत शुक्रबार झापा पुगेका हुन् । उक्त कार्यक्रमलाई राप्रपाले आफ्नो शक्ति प्रदर्शनको रुपमा लिएको छ । सालिक अनावरण कार्यक्रममा प्रदेशभरबाट सहभागीहरु आएका थिए ।

प्रतिक्रिया दिनुहोस् :