अवरुद्व पृथ्वीराजमार्ग खुल्यो

तनहुँ, १५ असार (रासस)ः
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-२ स्थित ऐना पहरा नजिक पहिरो खसेर अवरुद्व भएको राजमार्ग सञ्चालनमा आएको छ । माथिबाट पहिरा खस्दा अवरुद्व भएको राजमार्ग डोजरको सहायताले पहिरो पन्छाएपछि पुनः सञ्चालन भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
बिहान करिब ६ बजेदेखि पहिरो खस्दा राजमार्ग अवरुद्व हुँदा सयौँ सवारीसाधन रोकिन पुगेको थियो । मुग्लिन, आँबुखैरेनी हँुदै गोरखा जाने सडकमा सवारी साधन पुनः सञ्चालन भए पनि पोखरा जाने राजमार्ग सडक अवरुद्व नै रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सोही वडास्थित ढावटारमा भने राजमार्ग अवरुद्व नै रहेको छ । माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउने कार्य भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनले भने, “अब केही समयभित्र सडक चलाउने गरी काम भइरहेको छ ।”
तस्वीरः द काठमाडौं पोष्ट
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस