क्यानडाका लागि प्रस्तावित राजदूतविरुद्ध दुई वटा उजुरी दर्ता
काठमाडौं – क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालविरुद्ध संसदीय सुनुवाइ समितिमा दुई वटा उजुरी दर्ता भएको छ ।
गत कातिक २ गते बसेको मन्त्रिपरिषद् बैठकबाट प्रस्तावित राजदूतमा पौड्यालको नाम सिफारिस भएपछि संसदीय सुनुवाइ समितिले कात्तिक १५ गते उनीविरुद्ध उजुरी आह्वान गरेको थियो । त्यस क्रममा दुई वटा उजुरी दर्ता भएको हो ।
पौड्यालविरुद्ध परेको उजुरीमध्ये एउटामा सरकारी कर्मचारीलाई प्राप्त छात्रवृत्तिमा आफ्नी छोरीलाई पढाएको आरोप लगाइएको छ भने अर्कोमा उनको नैतिकतामाथि प्रश्न उठाइएको छ ।
पौड्यालको संसदीय सुनुवाइ आगामी आइतबार दिउँसो १ बजे हुने समितिले गरेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

