रहस्यमय रोगको महामारी फैलने चिन्तामा चीन

बेइजिङ, ७ मङ्सिर / चीनमा रहस्यमय रोगको महामारी फैलन सक्ने चिन्ता बढेको छ । चिनीयाँ अस्पतालहरुमा उपचारका लागि ल्याईएका विरामी बालबालिकाहरुमा यस्तो रोग देखा परेपछि उक्त रोगले महामारीको रुप लिन सक्ने चिन्ता बढेको हो ।

चीनबाटै शुरु भएको कोबिड १९ महामारीले विश्व आतङ्कित पारेको केही वर्ष नवित्दै पुन अर्को भाइरसको संक्रमण थालेपछि चीनमा कोबिड महामारीलाई सम्झन थालिएको छ । चीनका कयौँ अस्पतालमा एक रहस्यमयी रोगका बिरामीको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । नयाँ महामारी फैलिन लागेको हो कि भन्ने खबरहरूले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को चिन्ता बढाइदिएको छ । यो रोग खासगरी विद्यालयका बच्चाहरूमा देखिएको बताइएको छ ।

Advertisement:

चीनमा देखिएको यो महामारी निमोनियासँग मिल्दोजुल्दो भएको बताइए पनि यसको कयौँ लक्षणहरू निमोनियाभन्दा फरक रहेको चिकित्सकहरुले बताएका छन् । अहिले देखिएको रोगको सङ्क्रमण देखिएका बच्चाको फोक्सो सुन्निने, उच्च ज्वरो आउने, रुघा–खोकी लागेर स्वाशप्रश्वासमा समस्या देखिएको बताईएको छ ।

चीनको उत्तरपूर्वी बेइजिङ र लियाओनिङ लगायत सहरहरूमा उपचाररत रहस्यमय निमोनियाका बरामीको सङ्ख्या बढ्दै गएपछि सरकारले विद्यालय नै बन्द गर्ने तयारी गरिरहेको पनि समाचारहरु पनि बाहिर आईरहेका छन् । यो रोगबारे अनलाइन मेडिकल समुदाय प्रोमेडले अलर्ट जारी गरेको हो ।

रहस्यमयी रोगबारे खबरहरू आउन थालेपछि डब्लयूएचओले चीन सरकारसँग विस्तृत जानकारी मागेको छ । यो रोगबारे चीनले यही नोभेम्बर १३ मा स्थानीय सञ्चार माध्यमहरूलाई बताएको थियो । उत्तरी चीनमा अहिले व्याप्त यो रोग चिनियाँ अधिकारीहरूले यस अघि रिपोर्ट गरेको रोगसँग सम्बन्धित छ कि छैन भनने चाहिँ स्पष्ट भइसकेको छैन । रोगको अवस्थाबारे कडा निगरानी राख्न पनि चिनियाँ अधिकारीहरूलाई भनिएको छ । डब्यूएचओका अनुसार प्रोमेडले नोभेम्बर २१ मा उत्तरी चीनमा फैलिरहेको यो रोगबारे सूचना दिएको थियो ।

प्रतिक्रिया दिनुहोस् :