आज महाएकादशी हरिबोधनी एकादशी देशैभरी मनाईदै
काठमाडौं, ७ मंसिर / वर्षभरीको २४ वटा एकादशीमध्ये महाएकादशी हरिवोधिनी एकादशी आज देशभरीका सनातन धर्मालम्बीहरुद्वरा मनाईदैछ । आषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीको विशेष पूजा अर्चना गरी हरिवोधिनी एकादशी मनाउने गरिएको हो ।
सामान्य बोलीचालीको भाषामा ठूलो एकादशी मनेर मनाईने हरिवोधिनी एकादशी भक्तहरुले ४ महिना अगाडि आ–आफ्ना आँगनमा रोपिएको तुलसीलाई विष्णु भगवानको रुपमा पूजा गरिदै आएको छ । आँगनमा निर्मित तुलसी मठ सिंगारेर आज तुलसीको पिप्पलसँग विवाह गरिएको स्वरुपमा विशेष पूजा गर्ने परम्परा रही आएको छ ।
प्राय सबै एकादशीका दिनमा जनस्तरमा सखरखण्ड, पिंडालु आदि कन्दमूल र फलफूल खाने प्रचलन रही आएको छ भने ती खाद्य वस्तुहरु आजको दिनमा प्रसादको रुपमा खाने गरिन्छ । हरिबोधनी एकादशीको दिन काठमाडौं उपत्यकाका चार नारायण –चाँगुनारायण, इचंगु नारायण, विशंखुनारायण र शेषनारायण–लगायत देशभरका विष्णु मन्दिरहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । काठमाडौंका पशुपतिनाथ र बुढानीलकण्ठ मन्दिरमा पनि आज भक्तजनको घुइँचो छ ।
त्यसैगरी उपत्यका बाहिर देवघाट, रिडी लगायतका क्षेत्रमा पनि एकादशीको मेला लागेको छ । हरिबोधनी एकादशीको अवसरमा गुल्मीका रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

