बल्खु चोकबाट स्रोत नखुलेको अवैध रकमसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ बल्खु चोकबाट प्रहरीले स्रोत नखुलेको अवैध रकमसहित दुई जनालाई आइतबार राति पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौं ठमेल डेरा गरी बस्ने चीन घर भएका ३८ वर्षीय झाङ्ग विङ्ग र काठमाडौं नैकाप डेरा गरी बस्ने बानियाँटार घर भएकी २५ वर्षीया सरिता खड्कालाई पक्राउ गरेको हो ।
उनीहरुलाई ४ लाख ९ हजार रूपैयाँ नगद रकमसहित प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, बा.प्र ०२–०४४ प २६११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूको साथबाट सो परिमाणको नगद बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस