काठमाडौंको विभिन्न स्थानबाट २४ जुवाडे पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट २४ जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका–२६ पवित्रनगरस्थित प्रविन गेष्ट हाउसबाट १९जना र काठमाडौं महानगरपालिका–१३ कालिमाटीस्थित तरकारी बजारको सडक पेटीबाट ५ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौं महानगरपालिका–२६ पवित्रनगरस्थित प्रविन गेष्ट हाउसबाट को २०१ नम्बर कोठामा जुवातास खेलिरहेको अवस्थामा पाँचथर फालेलुङ गाउँपालिका–८ घर भएका ४२ वर्षीय सुरेन्द्र जबेगुसहित ९ जनालाई आइतबार साँझ पक्राउ गरेको हो ।
सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ४ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
साथै सोही गेस्ट हाउसको पार्किङमा आइतबार साँझ नै ओखर (जुवा) खेलिरहेको अवस्थामा पाँचथर फाल्गुनन्द गाउँपालिका–४ घर भएकी ४० वर्षीया एन्जिला लिम्बुसहित १० जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट नगद ४९ हजार ५ सय ५० रूपैयाँ र ८ गेडा ओखर बरामद गरेको छ ।
यसैगरी, प्रहरीले काठमाडौं महानगरपालिका–१३ कालिमाटीस्थित तरकारी बजारको सडक पेटीमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले गोर्खा घर भई हाल कालिमाटी डेरा गरी बस्ने ३५ वर्षीय आसमान परियारसहित ५ जनालाई आइतबार राति पक्राउ गरेको हो ।
उनीहरुलाई प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट नगद ३९ हजार रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।
ती सवै घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

