इस्टोनिया पठाइदिन्छु भन्दै ३४ लाख ठगी गर्ने पक्राउ

काठमाडौं – इस्टोनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हाल तार्केश्वर नगरपालिका–१ बस्ने गोरखा पृथ्वी नारायण नगरपालिका–६ का ३५ वर्षीय राजेश श्रेष्ठ रहेका छन् ।
श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बुधबार काठमाडौं महानगरपालिका–१० नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, श्रेष्ठले ५ जनालाई वैदेशिक रोजगारका लागि इस्टोनिया पठाई सुपर मार्केटको स्टोर किपरमा १ लाख ५० हजार रुपैयाँ तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक–पटक गरी ३४ लाख १३ हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस