कमाने प्रिमियर लिगको दोस्रो संस्करण हुदै
हेटौंडा- कमाने क्रिकेट क्लबको आयोजनामा कमाने प्रिमियर लिगको दोस्रो संस्करण हुने भएको छ । आउदो मङ्सिर १ गते देखि ३ गतेसम्म हुने प्रतियोगिता टी–१० को ढाँचामा हुनेछ । प्रतियोगितामा सहभागी हुने टिममा हेटौँडा – ८ नम्बर वडाका १२ वर्ष वा सो भन्दा बढी उमेरका खेलाडी हुनुपर्नेछ ।
लिग विजेताले १५ हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक कमाने क्रिकेट क्लबका अध्यक्ष किशोर खत्रीले जानकारी दिएका छन् । गत वर्ष आयोजित पहिलो संस्करण भएकोले इच्छुक सबैलाई समावेश गर्ने क्रममा ८ वटा टिम तयार भएको उल्लेख गर्दै अध्यक्ष खत्रीले भने, “दोस्रो संस्करणमा आइपुग्दा लिगलाई हामी व्यवस्थित बनाउने योजनामा छौं । यस वर्ष हामी कम्तिमा क्रिकेटको बलिङ, व्याटिङमा अभ्यस्त खेलाडीलाई मात्रै समावेश गर्नेछौं ।”
यस वर्ष ६ वटा टिमको सहभागिता रहने अनुमान गरिएको अध्यक्ष खत्रीले बताए । वडा कार्यालयसँगको समन्वयमा चन्द्रोदय माविको खेल मैदानमा प्रतियोगिता आयोजना गरिनेछ । प्रतियोगिता आयोजना गर्न करिब २ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको कमाने क्रिकेट क्लबका सचिव प्रशान्त राज गिरीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

