ओमानसँग नेपाल पाँच रनले पराजित

काठमाण्डौ , तातोखबर / आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको फाइनल खेलमा ओमानले नेपाललाई पाँच रनले हराएको छ ।
आज त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा ओमानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा १ सय ४० रन बनाएर अल आउट भयो । जितसँगै ओमान समूह विजेता बनेको छ । पराजित नेपालले समूहको उपविजेता रहँदै सेमिफाइनलमा यूएईसँग खेल्नेछ ।
नेपालका लागि विवेक यादवले सर्वाधिक ३९ रन बनाए । कुशल भुर्तेलले २६, करण केसीले १५ रन बनाए भने कप्तान रोहित पौडेल, सोमपाल कामी र सन्दीप जोराले समान १२/१२ रन बनाएर आउट भए ।
बलिङतर्फ नेपालका करण केसीले ३ विकेट लिए , सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए भने गुल्शन झा र अविनाश बोहोराले एक/एक विकेट लिए ।
ओमानका कप्तान जेसन मक्सदले सर्वाधिक ३२ रन जोडे । यस्तै, नसिम खुशीले २५, प्रतीक अथावाले २४ रन र सकिल अहमेदले २२ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सफल भएनन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस