हेटौंडाबाट लागूऔषधसहित एक युवक पक्राउ
मकवानपुर – प्रहरीले सोमबार राति हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले लागूऔषध नाईट्राभेट ३९ वटासहित एक युवकलाई पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
पक्राउ पर्नेमा पर्साको बीरगंज महानगरपालिका–७ घर भएका ३२ वर्षीय रञ्जित चौरसिया रहेका छन् ।
शंकास्पद अवस्थामा पैदल हिँडिरहेका चौरसियालाई उनलाई चेकजाँच गर्दा उक्त परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

