अवैध लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं – प्रहरीले अवैध लागूऔषधसहित विभिन्न जिल्लाबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ, सप्तरी र झापा जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीले मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ हजार २ सय ८० ट्याब्लेटसहित सोही नगरपालिका–९ बस्ने ५० वर्षीय मित्र बहादुर राईलाई बिहीबार राति पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.३ प ९९०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक राईलाई पक्राउ गरेको हो ।
यस्तै, सप्तरीको सुरुङ्गा नगरपालिका–३ भुसिमलहनियाबाट अवैध लागूऔषध गाँजा करिब १५ केजीसहित सिरहा लहान नगरपालिका–१७ एकरतिया बस्ने ५८ वर्षीय बद्रि नारायण चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले बद्रिलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यसैगरी, प्रहरीले झापाको दमक नगरपालिका–३ गुरुङ डाँडाबाट अवैध लागूऔषध ब्राउन सुगर ८०० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय उमेश गुप्तालाई शुक्रबार बिहान पक्राउ गरेको छ । प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
ती सबै घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

