मकवानपुर प्रहरीद्वारा चकलेट र जुत्ता बरामद

हेटौंडा – मकवानपुरको हेटौंडा – १५ रातोमाटेको टेक प्वाईन्टबाट प्रहरीले चकलेट र जुत्ता बरामद गरेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीबाट काठमाडौं जाँदै गरेको ना.६ख ७०९९ नम्बरको बसलाई रोकेर चेकजाँच गर्दा भन्सार छलि गरेर ल्याएको चकलेट ४० प्याकेट र जुत्ता ३५ जोर बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार बरामद गरिएको चकलेट र जुत्ता करिब ६० हजार ६०० रुपैयाँ मुल्य बराबरको रहेको छ । सो सामानको धनी प्रहरीले पत्ता लगाउन सकेको छैन । भन्सार छलिको सामान ल्याउने बसलाई प्रहरीले गन्तब्यतर्फ पठाएको छ भने सामान प्रहरीको नियन्त्रणमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस