अमेरिकामा ७५ हजारभन्दा धेरै स्वास्थ्यकर्मी हडतालमा

एजेन्सी । अमेरिकामा ७५ हजारभन्दा धेरै स्वास्थ्यकर्मीले हडताल शुरु गरेका छन् ।
कर्मचारी तहको विवाद सुल्झाउन नसकेपछि स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले हडताल थालेका हुन् ।
अमेरिकाको सबैभन्दा ठूलो गैरनाफामूलक स्वास्थ्य संस्थामा युनियनका सदस्यहरूको हडताल भर्जिनिया र कोलम्बियाका विभिन्न ठाउँहरुमा सुरू भएको र वेस्ट कोस्टमा पनि हडतालमा हजारौँ स्वास्थ्यकर्मी सहभागी हुने युनियनले जनाएको छ ।
स्थानीय युनियनहरूको प्रतिनिधित्व गर्ने छाता समूह ‘कैसर परमानेन्टी युनियन्सले’ ले गएको महिना एक विज्ञप्ति निकालेर यो ‘अमेरिकी इतिहासमा सबैभन्दा ठूलो स्वास्थ्यकर्मी हडताल’ हुने बताएको थियो । युनियनले बोर्डमा तलब वृद्धि र श्रमको उप–सम्झौता तथा अन्य मागहरू सम्बोधन गर्न माग राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस