चर्को विवादबिच नेपालमा एमसीसी लागू, एमसीए नेपालद्धारा आज होटल याक एन्ड यतिमा रात्रीभोज

१७ असोज, काठमाडौं । नेपालमा एमसीसी परियोजना कार्यान्वयन सुरु भएको खुशीयालीमा आज रात्रीभोजको आयोजना गरेको छ ।
एमसीसी परियोजना कार्यान्वयन सुरु भएको खुशीयालीमा एमसीसीकै अग्रसरतामा एमसीए नेपालले बुधबार होटल याक एन्ड यतिमा रात्रीभोज आयोजना गरेको छ । उक्त कार्यक्तममा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने कार्यक्रम छ । जहाँ उपप्रधानमन्त्री र मन्त्रीहरुसहित नेपाल सरकारका सचिव तथा विशिष्ट अधिकारी पनि सामेल हुनेछन् ।
रात्रीभोजका लागि एमसीए नेपालले परियोजनासम्बद्ध सरोकारवालाहरुलाई प्रधानमन्त्री सहभागी हुने जानकारीसहितको निमन्त्रणापत्र पठाइसकेको छ ।
यसमा सहभागी हुन समेत आएकी सीईओ अलब्राइटले पछिल्ला दुई दिनमा गरेका भेटवार्तामा एमसीसी परियोजनाको कार्यान्वयन सुरु भएकामा प्रसन्नता व्यक्त गरिरहेकी छिन् । उनले हरेक भेटमा नेपाललाई बधाई दिन छुटाएकी छैनन् भने कार्यान्वयन सहज रुपमा अघि बढ्ने विश्वास राखेकी छन् ।
राजनीतिक विवाद चिर्दै १३ भदौदेखि कार्यान्वयनमा गएको एमसीसी परियोजना अहिले ठेकेदार छनोटको उल्झनमा छ । जग्गा अधिग्रहण र रुख कटानको प्रक्रिया प्रारम्भिक चरणमै रहेको बेला प्रसारणलाइन परियोजनाका लागि भएको टेन्डरमा अनुमानित लागतभन्दा ६६ प्रतिशत बढीको कबोल भएपछि सरकारमाथि लगानी बढाउन दबाब परेको छ ।
फेरि टेन्डरमा जाँदा झन् ढिलाइ हुने र लागत घट्ने सुनिश्चित पनि नभएकाले कम कबोल गर्ने कम्पनीसँग लागत अनुमान बराबरमै काम गर्न लगाउने गरी वार्ता हुन लागेको छ । तर, वार्ता सफल हुनेमा एमसीएका अधिकारीहरु विश्वस्त छैनन् ।
मंगलबार दिउँसो काठमाडौंमा पत्रकारहरुसँग कुराकानी गर्दै अबलब्राइटले सबै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री र सरोकारवालाहरू परियोजनाको पक्षमा रहेको बताइन् । ‘सबैसँग कुरा गरेपछि आपूm निकै उत्साहित बनेकी र परियोजना तोकिएको अवधिभित्रै पूरा हुनेमा आशावादी रहेको बताइन ।’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस