नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुँदैनः प्रधानसेनापति शर्मा

काठमाडौं, असार ३ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपालको हितमा नभएको स्पष्ट पारेका छन् । एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहान बसेको बैठकमा जवाफ दिँदै शर्माले उक्त कुरा बताएका हुन् ।
मिडियामा जे विषय कुरा आए पनि त्यसमा सत्य छैन र नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने उनले स्पट पारेका छन् । सैन्य गठबन्धनसम्बन्धी अमेरिकी अधिकारीहरुलाई जानकारी दिइसकेको र शर्माले नेपाली सेनाले शान्ति स्थापनार्थ खटिएका टोलीको निरीक्षणका लागि अमेरिकाको भ्रमण गर्न लागेको स्पष्ट पारे ।
अमेरिकालाई नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतिमा एसपीपी सम्बन्धी पत्र पठाइएकोबारे प्रधानसेनापति शर्माले स्वीकार गरे । पत्रमा सैन्य गठबन्धनका लागि नलेखिएको उनले बताए । नेपाली सेनाले लेखेको पत्र बाहिरी चर्चामा आएको छ, त्यो सत्य हो तर चिठीमा सैन्य अलाएन्स लेखिएको छैन । भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको थियो, उनले बैठकमा बताए ।
सैन्य गठबन्धनमा सहभागी हुने भन्ने कुरामा सत्य छैन ‘मैले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई जानकारी गराई सकेको उनले सांसदहरुसँग भने ।
सभारः गोरखापत्र अनलाईन ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस