प्रधानमन्त्रीद्वारा तस्करी नियन्त्रणका लागि आयोग गठन र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता सदनलाई जानकारी

काठमाडौँ, १४ असोज / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी र तस्करी नियन्त्रणका लागि उच्चस्तरीय आयोग गठन र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिइएको मन्त्रिपरिषद्को निर्णय सदनलाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले सोसम्बन्धी मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउनुभएको हो ।
प्रधानमन्त्री दाहालले सुनको अवैध पैठारी तस्करी नियन्त्रणका लागि सुझावसहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्वसहसचिव किशोरजङ्ग कार्की र पूर्वसहसचिव प्रेमराज जोशी सदस्य रहेको आयोग गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले नेपाल आयल निमगले हिजोदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि आसन्न चाडबाड र सर्वसाधारणको हितमा ध्यानमा राखी तत्काल फिर्ता लिन निर्देशन गरेबमोजिम निगमले सो मूल्यवृद्धिको निर्णय फिर्ता लिई पूरानै मूल्य कामय गरेको जानकारी गराउनुभयो ।
नेपाल आयाल निगमले शनिबार पेट्रोल र डिजलमा प्रतिलिटर रु छ, मट्टितेलमा प्रतिलिटर रु दुई, हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु आठ बढाएको थियो । साथै एलपी ग्यासमा प्रतिसिलिण्डर रु दुई सय १५ बढाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस