सिसडोल क्षेत्रलाई एक महिनाभित्र दुर्गन्धरहित बनाउने मेयर बालेनको पहल
काठमाडौं, जेठ २९ । काठमाडौं महानगरपालिकाले नुवाकोटस्थित सिसडोल क्षेत्र अबको एक महिनाभित्र दुर्गन्धरहित बनाउने पहल गरिरहेको जनाएको छ ।
महानगरको आइतबार बसेको कार्यपालिका बैठकमा प्रमुख वालेन्द्र साहले सिसडोल क्षेत्र एक महिनाभित्र दुर्गन्धरहित हुने ढंगबाट पहल भइरहेको बताए ।
एक महिनाभित्र दुर्गन्ध हटाउन जैविक केमिकल जसले वातावरणमा असर पार्दैन, त्यस क्षेत्रमा बाटो निर्माणको काम असारको पहिलो हप्ताबाट सुरु हुने साहले बताए ।
उहाँले स्वास्थ्य बिमा लगायतका वितगमा भएका सम्झौता अनुसार यसको कार्यान्वयनका लागि महानगरको गतिविधि अगाडि बढेको बताए ।
रासायनिक मल, प्लास्टिक र फलामजन्य फोहोरको व्यवस्थापन गर्ने काम ३२ वटै वडामा भइरहेको छ । सडकको धुलो व्यवस्थापनमा पनि ब्रुमर चालकहरु केही दिनभित्रै आउछन् साहले बतााए ।
महानगरको कार्यपालिका बैठकमा धुलो व्यवस्थापनका लागि ब्रुमर भए पनि यसका चालक नभएको गुनासो उठेपछि साहले प्रतिक्रिया दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

