आन्दोलनरत शिक्षकसँग आइतबार संसदीय समितिले छलफल गर्ने

काठमाडौं – विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि असन्तुष्टि व्यक्त गर्दै आन्दोलनरत शिक्षकहरूसँग संसदीय समितिले आइतबार छलफल गर्ने भएको छ ।
राष्ट्रिय सभा अन्तर्गत रहेको दिगो विकास तथा सुशासन समितिले आन्दोलनरत शिक्षकहरूसँग आइतबार दिउँसो १ बजे संघीय संसद् सचिवालयको भवन नम्बर २ मा छलफल गर्ने भएको हो ।
विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रति असन्तुष्ट जाहेर गर्दै आन्दोलनरत सरोकारवालाहरूसँग छलफल गर्न लागिएको संसद् सचिवालयले जनाएको छ ।
सरकार र शिक्षक प्रतिनिधिबिचको वार्ता सफल भएको भनिए पनि राहत कोटा अन्तर्गतका शिक्षकहरूले आफ्नो माग सम्बोधन नभएको भन्दै शनिबार पनि आन्दोलन जारी राखेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस