क्यान अध्यक्षमा चतुरबहादुर पुनःनिर्वाचित

काठमाडौँ, ६ असोज / नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्ष पदमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित हुनुभएको छ ।
क्यानको आज भएको निर्वाचनमा चन्द पुनःअध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । सङ्घको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पद्म खड्का निर्विरोध निर्वाचित हुनुभयो ।
महिला सदस्यमा जयन्ती भट्र्ट निर्विरोध निर्वाचित हुनुभयो । सदस्य पदमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीका श्रीधर केसी पनि सर्वसम्मत चयन हुनुभयो ।
क्यानको सचिव पदका लागि नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा भइरहेको छ । उहाँहरुबीच अहिले मतदान भइरहेको छ ।
त्यस्तै पाँच प्रदेशबाट चयन हुने एक/एक जना सदस्यका लागि कूल १० जनाको उम्मेदवारी परेको छ । खुलातर्फका पाँच जनाका लागि १३ जनाको उम्मेदवारी परेको छ । क्यानको निर्वाचनमा ८५ जनाले मतदान गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस