मलेसिया पठाइदिने भन्दै रकम ठगी गर्ने बोगटी पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि मलेसिया पठाइने दिने भन्दै लाखौं रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हाल काठमाडौंको सेतोपुल बस्ने डोटी जिल्लाको शिखर नगरपालिका – २ का ३२ वर्षीय धनबहादुर बोगटी रहेका छन्।
उनले कृष्णबहादुर बोगटीलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने बहानामा ३ लाख रुपैयाँ लिइ फरार रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीले उनलाई बिहीबार सेतोपुलबाट नियन्त्रणमा लिएको हो। थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस