हेटौंडामा श्रीमानबाट श्रीमतीमाथि निर्घात कुटपिट, तामाङ प्रहरीको नियन्त्रणमा

हेटौंडा – मकवापनुरको हेटौंडामा एक व्यक्तिले आफ्नै श्रीमतीमाथि निर्घात कुटपिट गरेका छन् । हेटौंडा – १४ नयाँ बस्ती बस्ने ३० बर्षीय भोम्जन बाबु तामाङले आफ्नो श्रीमतीलाई निर्घात कुटपिट गरेका हुन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार भोम्जन बाबुको कुटाईबाट उनको श्रीमती ३० बर्षीया सरिता तामाङ गम्भीर घाइते भएकी छन् । उनको हेटौंडासिथत सञ्चो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न भोम्जन बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस