२० वर्षीया युवतीमाथि सामूहिक बलात्कार,३ जना पक्राउ
डडेलधुरा– २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा डडेलधुरा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। बलात्कारमा संलग्न रहेकामध्ये १ जना अझै फरार रहेका प्रहरीले जनाएको छ।
प्रहरीले भागेश्वर गाउँपालिका–३ ओड गाउँका २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दिपक ओडलाई पक्राउ गरेको हो। १८ वर्षीय किशोर फरार रहेका छन्।
कमल र १८ वर्षीय किशोरले २० वर्षीया युवतीलाई गत वैशाख ५ गते दिउँसो सोही ठाउँस्थित नानिगाड खोलामा करणी गरेको खुलेको छ। यस्तै, तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ सोही गाउँपालिकाको डेका गाउँस्थित बाँझो घरको गोठमा लगि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डडेलधुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले ३ जनालाई पक्राउ गरेको हो। घटनामा संलग्न मुख्य किशोर भने फरार रहेका छन्। फरार किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

