हेटौंडामा डाक्टर कुटपिट गर्ने चारजना पक्राउ

हेटौंडा – डाक्टरमाथि कुटपिट गर्ने चार जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले चातर्फी दबाब र डाक्टरहरुले आन्दोलनको घोषणा गरेसँगै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
बुधबार हेटौंडा–१ स्थित सञ्चो हस्पिटलका डाक्टरहरु विकास थापा र प्रशान्त विडारीमाथि एचडियु वार्डमा विरामीको उपचार गराइरहेको समयमा सांघातिक आक्रमण भएको थियो । एक महिनाअघि डेंगु सङ्क्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै डाक्टरमाथि आक्रामक भएको हो। डेंगु सङ्क्रमित प्रधानको चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।
कुटपिटमा संलग्न प्रधानको श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, रोहित प्रधान छोरा र अनुप प्रधान भतिज पक्राउ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस