मकवानपुरबाट लागूऔषधसहित एक जना पक्राउ

मकवानपुर – मकवानपुर प्रहरीले बुधबार बिहान लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका–७ पेन्चेबाट अवैध लागूऔषध गाँजा ३ किलो ७ सय ८५ ग्रामसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको छिपरमाई गाउँपालिका–५ बस्ने ५४ वर्षीय रंभु राउत कुर्मी रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

Advertisement:

प्रहरीका अनुसार, चैनपुरबाट मनहरीतर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ ह ०१३२ नम्बरको अटोमा सवार उनलाई जाँच गर्ने क्रममा झोलामा लुकाई छिपाइ ल्याएको उक्त परिमाणको गाँजा फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :