आईतवार थप गरिएको विदा फिर्ता लिन राष्ट्रिय अभिभावक संघको माग

तातोखबर सम्वाददात
काठमाडौं, जेष्ठ १० / नेपाल सरकारले जेठ १ गते आईतवार पनि थप गरेको विदा फिर्ता लिन नेपाल राष्ट्रिय अभिाभावक संघले माग गरेको छ । संघले आधिकारिक प्र्रेस विज्ञप्ति जारी गर्दै सरकारले साप्ताहिक रुपमा थप गरेको विदा फिर्ता लिन माग गरेको हो ।
संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘कोबिड १९ महामारीको कारणले शैक्षिक सत्र २०७७÷०७८ मा विद्यालय जान नपाएका र बैकल्पिक सिकाईबाट समेत बञ्चित भएका लाखौं बालबालिकाहरुको सिकाईको स्तर अत्यन्त न्यून रहेको छ । यस वर्ष जेष्ठ १ गतेदेखि शैक्षिक सत्र शुरु भएको र अझ बढी दिन विद्यालयमा अध्यापन गराई सिकाईस्तर उकास्नु पर्ने समयमा झन् आईतवारसमेत विदा दिदा पठन पाठन र सिकाई स्तरमा ह्रास हुने हुँदा सरकारलाई यो निर्णय फिर्ता लिन र कार्यान्वयन नगर्न माग गर्दछौं ।’
२०७९ जेठ १ गतेदेखि शनिवार र आईतवार सार्वजनिक विदा दिने नेपाल सरकारको सुचना २०७९ बैशाख २६ गते राजपत्रमा प्रकाशित गरेको थियो । संघले हाल दिईदैको सार्वजनिक विदा नै धेरै भईसकेको भन्दै फेरि आईतवारसमेत थपिएको विदाले बालबालिकाहरुको पठनपाठन र सिकाईमा प्रत्येक्ष प्रतिकूल प्रभाव पर्ने पनि उक्त विज्ञप्तिमा उल्लेख गरेको छ ।
हप्तामा २ दिन विदा पाउने सरकारी र सांगठनिक क्षेत्रमा काम गर्ने अभिभावकभन्दा गैह्र सरकारी र असांगठनिक क्षेत्रमा काम गर्ने तथा हप्तामा २ दिन विदा नपाउने अभिाभावकहरुको संख्या ठूलो भएकोले अभिभावक काममा जाँदा बालबालिका घरमा अलपत्र पर्ने र उनीहरुको खानपान, स्वास्थ्य र सुरक्षामा समेत प्रतिकूल प्रभाव पर्ने पनि विज्ञप्तिमा जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस