दाहसंस्कारका लागि विदेशबाट आईपुगे नेम्वाङको दुवै छोराहरु

काठमाडौं, २७ भदौ / दिवाङ्गत एमाले नेता एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको भोली हुने दाहसंसकारका लागि विदेशमा रहेका उनका दुवै छोराहरु नेपाल आईपुगेका छन् । आफ्नो बुबाको अन्तिम संस्कारका लागि लागि बेलायतमा रहेका जेठा छोरा आज र अष्ट्रेलियामा रहेका कान्छा छोरा हिजो नै नेपाल आईपुगेका हुन् ।
स्वर्गीय नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ विवाहित हुन् र उनको परिवार नै बेलायतमा बसोबास गर्दै आएका छन् । नेता नेम्वाङ्का अविवाहित कान्छा छोरा सुहाङ घुमघाका लागि केही दिनअघि मात्र अष्ट्रेलिया पुगेका थिए । उनले यता बुबाको आकस्मिक देहान्त भएको खबर सुन्ने वितिक्कै आफ्ने भ्रमण रद्द गरेर नेपाल फर्किएको परिवार श्रोतले जानकारी दिएको छ ।
नेता स्वर्गीय सुवास नेम्वाङको हृदयघात हुदा उनकी श्रीमति र दुई छोरीहरू मात्रै घरमा रहेका थिए । छोरीहरूले उनलाई अस्पताल पुर्याएका हुन । विदेशबाट नेपाल फर्किएका दुवै छोराहरुले एमाले पार्टी कार्यालय च्यासलमा पुगेर बुबालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।
हिन्दु र लिम्बु परम्परा अनुसार दिवाङ्गत नेम्वाङको दाहसंस्कार भोलि पशुपति आर्यघाटमा ११ बजे राजकीय सम्मानका साथ हुने कार्यतालिका समेत सार्वजिन भइसकेको छ । सरकारले नेम्वाङको राजकीयसम्मानका लागि अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । भोलि उनको निधनको शोकमा सार्वजनिक विदासमेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस