संविधान सभाका अध्यक्ष एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं, २६ भदौ÷ संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।
सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेएका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे अस्पताल लगिएकोमा उपचारको क्रममा त्यही निधन भएको स्वकीय सचिव कृष्णप्रसाद काफलेले जानकारी दिएका छन् ।
नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधि सभाका अध्यक्ष नेम्वाङ्को बारेमा जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत अन्य पार्टीका नेताहरु अस्पताल पुगेका थिए ।
विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङ नेपाली राजनीतिमा प्रखर र शालीन नेताको रुपमा चिनिन्थे । उनले देशमा राजनीति अवरोध आउदासमेत सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवी बनाएको थिए ।
— रासस
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस