राजश्व कार्यालय दाङका अधिकृत २६ लाख नगदसहित पक्राउ

भाद्र २५, नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित राजश्व कार्यालय दाङका अधिकृत खगेन्द्र सापकोटा लाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालगञ्जबाट काठमाडौं जाने क्रममा विमानस्थलमा सुरक्षा जाँचका क्रममा स्रोत नखुलेको २६ लाख रुपैयाँसहित सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीको नियमित सुरक्षा जाँचको क्रममा ठूलोमात्रामा नगद फेलापछि उनलाई नियन्त्रणमा लिइएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस