१० लाखको ब्राउन सुगरसहित तीन भारतीय पक्राउ

झापा । करिब १० लाखको मुल्य बराबरको लागू औषध ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरूलाई १९७ ग्राम ८०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको र बरामद गरिएको ब्राउन सुगर अहिलेसम्मकै सबैभन्दा धेरै परिमाणको रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
पक्राउ पर्नेहरूमा भारत पश्चिम बङ्गाल राज्य दार्जिलिङ जिल्ला नक्सलबारी निवासी २८ वर्षीया कल्याणी बर्मन, सोहीका २८ वर्षीया राधा सिंह र २४ वर्षीय कल्याण बर्मन रहेका छन्।
लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौँ, जिल्ला प्रहरी कार्यालय झापाको इन्टेलिजेन्स टोली र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले उनीहरूलाई मंगलबार दिउँसो साढे १ बजेको समयमा भद्रपुर नगरपालिका– ८ स्थित चन्द्रगढी विमानस्थल अगाडीबाट ब्राउन सुगरसहित पक्राउ गरेको हो।
भद्रपुरबाट पक्राउ परेका महिलाद्धय कल्याणी र राधालाई प्रहरीले सोधपुछ गर्दा सो ब्राउन सुगर कल्याणले काँकडभिट्टाबाट पठाएको बताएका थिए। त्यसपछि प्रहरीले कल्याण बसेको ठाउँ पत्ता लगाएर उनलाई पनि पक्राउ गरेको डीएसपी रिजालले बताए।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको उनले बताए। बरामद गरिएको ब्राउन सुगर प्रति ग्राम झापामा ५ हजारको दरले बिक्री हुने गरेको पाइएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस