बलात्कार गरेको आरोपमा हेटौंडाबाट डाक्टर राइ पक्राउ
हेटौंडा -महिलालाई जवरजस्ती करणी गरेको आरोपमा हेटौंडा सिटी अस्पतालमा कार्यरत एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा –१ मा रहेको हेटौंडा सिटी अस्पतालमा कार्यरत ३६ बर्षीय डा. बसिम राइलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
आफ्नै अस्पतालमा कार्यरत एक जना पूर्व महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सीताराम रिजालले जानकारी दिए । राइ काठमाण्डौं बुढानिलकण्ठ घरभइ हाल हेटौंडा–१ स्वर्गलोक बस्दै आएका छन् । उनी हेटौंडा सिटी अस्पतालका संचालक समेत हुन् ।
जिल्ला अदालत मकवानपुरबाट पाँच दिनको म्याद समेत थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

