नगदसहित पाँच जुवाडे पक्राउ

मङ्गलबार बेलुका सिमकोट गाउँपालिका– ५ को बजार क्षेत्रको एकजनाको घरबाट जुवाको खालबाट पाँचजनालाई नगदसहित प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा प्रहरीले मारेको छापाबाट नगदसहित जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।
प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले मङ्गलबार बेलुका जुवाको खालबाट पाँचजना जुवाडे र नगद एक लाख ६३ हजार ३४५ रुपियाँ नियन्त्रणमा प्रहरी लिन सफल भएको बताए ।
जुवा खेली रहेको सूचना प्रहरीले जानकारी पाएपछि प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईको नेतृत्वमा गएको प्रहरीको टोलीले नगद र जुवाडे नियन्त्रणमा लिएको हो ।
प्रहरीले जुवा खालबाट जुवाडे, नगद, मोबाइल र बिच्छाइएका कपडासमेत नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा लिएका जुवाडेको नाम अहिले गोप्य राखिएको भए पनि चाँडै सार्वजनिक गरिने प्रहरीले जनाएको छ । नियन्त्रण रहेका जुवाडेविरुद्ध प्रहरीले मुद्दा चलाउने तयारीसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस