रुसको पिस्कोभ सहरको विमानस्थलमा ड्रोन आक्रमण

१३ भाद्र, काठमाण्डौ । रुसको उत्तर पश्चिमी सहर पिस्कोभको विमानस्थलमा ड्रोन आक्रमण भएको छ ।
आक्रमणबाट विमानस्थलमा आगलागी हुनुका साथै दुई वटा सैन्य विमानमा क्षति पुगेको रुसी सञ्चार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
युक्रेनबाट ६ सय किलोमिटर टाढा इस्टोनियाको सीमा नजिक भएको आक्रमणमा युक्रेनकै हात रहेको आशंका गरिएको छ ।
तर युक्रेनले घटनाबारे केही प्रतिक्रिया जनाएको छैन ।
पछिल्ला केही हप्तामा युक्रेनले रुसमा आक्रमण गर्न विस्फोटक ड्रोनको प्रयोग बढाएको अनुमान गरिएको छ ।
यो आक्रमणपछि रुसले मस्कोमा सुरक्षा व्यवस्था कडा पार्दै भानकोबो विमानस्थलमाथिको आकाशमा उडानमा रोक लगाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस