समाजवादी मोर्चासँगै पार्टी एकताको ठोस पहल: प्रचण्ड

puspa-kamal-dahal-parchanda

पोखरा । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चासँगै पार्टी एकताको ठोस पहल भइरहेको बताएका छन् ।

पोखरामा शनिबार बिहान माओवादी केन्द्रका उपलब्ध केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीसँगको अन्तक्रियामा दाहालले पूर्वमाओवादी शक्तिहरुबीच पार्टी एकताका लागि ठोस पहल गरिने संकेत जनाएका हुन् । पार्टी एकताको प्रयासका लागि छलफल भइरहेको पनि उनले जानकारी दिएका छन् ।

Advertisement:puspa-kamal-dahal-parchanda

‘हाम्रो पहलमा समाजवादी मोर्चा घोषणा गरिएको छ। आजै बैठक बसेर त्यसका कार्यक्रम तय गर्छौँ,’ उनले भने, ‘समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्नेछ । पूर्वमाओवादीहरू पनि छलफलमा छौँ । फेरि पार्टी एकताको आधार निर्माण हुँदैछ । पार्टी एकताको लागि ठोस पहल अगाडि बढाउँछौँ ।’

प्रधानमन्त्री दाहालले देश निर्माणका लागि फेरि नयाँ फड्को मार्न जरुरी रहेको बताउँदै सामन्तवाद र प्रतिक्रियावादले थुपारेको फोहोरको डंगुर सफा नगरी देश नबन्ने बताए ।

,’ प्रधानमन्त्री दाहालले भने, ‘हामीले राम्रो गर्न खोज्दैछौँ । सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर थुपारेको छ, त्यसलाई सफा नगरी देश बन्दैन ‘देश निर्माणका लागि फेरि नयाँ फड्को जरूरी छ। सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा फड्को हान्न खोजिएको छ। यसमा हामी दृढतापूर्वक अघि बढ्नुपर्छ । सरकार यसमा दृढ छ ।’

प्रतिक्रिया दिनुहोस् :