एकै दिनमा नेपाल प्रहरिले सहकारीका पूर्वअध्यक्ष र प्रबन्धक प्रक्राउ

arrested

काठमाण्डौं व्यूरो, तातोखबर । नेपाल प्रहरिको सकृयताले बागलुुङको इमेज बचत तथा ऋण सहकारीका प्रबन्धक शक्ति किसानलाई र शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मालाई पक्राउ गरेको छ । केदारनाथ शर्मालाई केन्द्रीय अनुसन्धान ब्युरोले र ईमेज सहकारिका प्रबन्धक लाई जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक मदन केसी नेतृत्वको टोलिले कार्यालयबाटै नियन्त्रणमा लिएको छ । प्रहरिले फरक फरक सहकारिको ठगिमा संगलग्न अभियुक्त लाई समातेको हो ।
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मालाई भारतको मुम्बईमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले जानकारी दिएको छ ।
इमेज सहकारीका प्रबन्धक शक्ति किसानलाई दिउँसो बागलुङ नगरपालिका वडा नं २ हल्लन चोकमा रहेको इमेज सहकारीको कार्यालयबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रबन्धक किसान इमेज सहकारीमा लामो समयदेखि कार्यरत थिए । यस अघि इमेज सहकारीका सञ्चालक चित्र बहादुर भण्डारीलाई जेठ ३२ गते बुर्तिबाङ बजारबाट र कर्मचारी लालमती रोकालाई असार १ गते ताराखोलाबाट प्रहरीले पक्राउ गरेका थिए ।
प्रहरिमा धेरै उजुरि बढेकाले प्रहरिको सबै निकाएको सकृयता बढेको प्रस्ट देख्न सकिन्छ । प्रहरिले अन्य फरार अभियुक्तहरुको पनि खोजि भैरहेको जनाएको छ ।

Advertisement:arrested

प्रतिक्रिया दिनुहोस् :