९९ सय वर्षीय गुरुङले पुनः स्टेचरमा आएर गरे मतदान

तनहुँ । तनहुँमा एक ९९ वर्षीय वृषसिंह गुरुङले स्टेचरमा आएर पुनः मतदान गरेका छन् । व्यास नगरपालिकाको नगर प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीबाट कुटपिट भएपछि रोकिएको मतदान केन्द्रमा बुधबार पुनः मतदान सुरुभएको हो । उक्त मतदानमा गुरुङले पुनः स्टेचरमा आएर मतदान गरेका छन् ।
व्यास नगरपालिका वडा नं. ८ को २ वटा मतदान केन्द्रमा बुधबार पुनः मतदान गरिएको हो । निर्वाचन आयोगको शनिबार भएको निणर्यानुसार शुक्रबार भएको मतदानलाई रद्ध गरी पुनः मतदान गर्नु भनी निर्देशन भई आएकाले बुधबार पुनः मतदान भएको हो । वडा नम्बर ८ को रिस्तीस्थित पुरानो गाविस भवन फेदी क र ख केन्द्रमा पुनः मतदान भइरहेको छ । यसअघि वैशाख ३० गते पनि ९९ वर्षीय गुरुङले पुनः मतदान गरेका हुन् । बुधबार गुरुङले दोस्रो पटक मतदान मतदान गरेका हुन् । मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गानाका अनुसार विहान ७ बजे देखि अपरान्ह ५ बजेसम्म पुनः मतदान हुँदैछ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस