भक्तपुर चाँगुनारायण प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेले मार्यो बाजी

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका जीवन खत्री ले ९५५० मत र उपप्रमुखमा नेकपा एमालेका रमेश बुढाथोकी ले १११०७ मतसहित निर्वाचित भएका छन् ।
नगर प्रमुखमा निकटतम प्रतिद्वन्द्वी एमालेका बिना बाँस्तोलाले ९१६० मत ल्याएकी छिन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र प्रताप शाले आठ ८०६७, नेपाल मजदुर किसान पार्टीका केशवप्रसाद तिमिल्सिनाले ३२६७ र नेकपा माओवादी केन्द्रका नरेश खड्काले ८८६ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपप्रमुखमा विजयी एमालेका बुढाथोकीको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सुभ्रदा काफ्लेले ९०७६ मत प्राप्त गरेकी छिन् । उपप्रमुखमा राप्रपाकी मन्जु कार्कीले ६०८६, नेमकिपाकी कल्पना लामाले ३३७४, माओवादी केन्द्रकी चण्डिका पाण्डेले ७९८ मत ल्याएका छन् ।
काँग्रेसका तर्फबाट चाँगुनारायणमा-१ वडाअध्यक्षमा काँग्रेसका सिजन कार्की, २ मा सोमप्रसाद प्रधान, ५ मा जयन्द्र खड्का र वडा ८ मा जनक खत्री निर्वाचित भएका छन्, एमालेका तर्फबाट वडा नंं ३ अध्यक्षमा श्यामसुन्दर धिमाल, ४ मा रोजबहादुर तामाङ निर्वाचित भएका द्धन् त्यस्तै राप्रपाबाट वडा ६ मा धनबहादुर लामा र ७ मा श्याम कृष्ण नयांजु र वडा ९ को अध्यक्षमा नेमकिपाका गणेश त्यान निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस