रवि लामिछानेका सवारी चालक कालुराम घाइते

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक घरको तीन तलामाथिबाट खसेर गम्भीर घाइते भएका छन् ।
आइतबार राति चितवनको भरतपुर–११ स्थित एक घरको तीन तलामाथिबाट खसेर रास्वपा सभापति लामिछानेका सवारी चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय दिलबहादुर थापा गम्भीर घाइते भएका हुन् ।
थापा सोमबार बिहान ४ बजेतिर घरको छतबाट खसेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । थापाको टाउको र खुट्टामा गम्भीर चोट लागेको र अहिले भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रास्वपा महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै थापा राति छतमा सुतेका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस