रासायनिक मलमा दिईँदै आएको अनुदान कायमै रहने

काठमाडौं, ६ चैत्र / रासाईनिक मलमा सरकारले कृषकहरुलाई दिईदै आएको अनुदान रोक्न गरेको निर्णय फिर्ता लिएर सो अनुदान कायम राख्ने निर्णय गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै अनुदान यथावत् राख्ने मन्त्री परिषद्ले निर्णय गरेको हो ।
रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत् राख्न सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको सरकारका प्रबक्ता एवं सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन् । मन्त्री शर्माका अनुसार रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने बैठकले निर्णय गरेको छ ।
केहि दिनअगाडि रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस