निर्वाचनको प्रारम्भिक मतपरिणाम – २० वटा क्याम्पसमा जितेर अनेरास्ववियु पहिलो स्थानमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा आइतबार भएको निर्वाचनको प्रारम्भिक मतपरिणाम आउँन थालेको छ । विशेषगरी कम विद्यार्थी संख्या भएका सम्बन्धन प्राप्त कलेजहरुको नतिजा आईरहेको छ ।
बिहान ८ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । ३ सय भन्दा कम मतदाता भएका कलेजको भने परिणाम पनि आइसकेको छ । आइतबार साँझ साढे ६ बजेसम्म प्राप्त मतपरिणाम अनुसार २० वटा क्याम्पसमा सभापति जितेर एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा छ ।
त्यस्तै माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ७ वटा क्याम्पसमा सभापति जितेको छ भने नेपाली कांग्रेसनिकट नेविसंघले ३ र नेकपा एसनिकट अनेरास्ववियूले३ क्याम्पसमा सभापति जितेका छन् । त्यस्तै विप्लव नेकपानिकट अखिल क्रान्तिकारीले एउटा क्याम्पसमा सभापति जितेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस