एमालेले ९ महिनापछि हटायो संसदको अवरोध

विगत ९ महिना देखि संसद अवरोध गर्दै अएको नेकपा एमालेले संसदको अवरोध हटाएको छ । एमालेले २०७८ साल भदौ २३ गतेदेखि सुरु गरेको संसदको अवरोध अन्त्य गरेको हो । एमालेले झण्डै ९ महिनापछि संसदको अवरोध खुलाएको हो ।
एमालेले नेपालको इतिहासमै सबैभन्दा धेरै दिन अर्थात् १४३ दिनसम्म संसदको बैठक अवरोध गरेको थियो । एमालेले आफ्नो पार्टी विभाजन गर्न अध्यादेश ल्याइएको र सभामखुले आफ्नो पार्टीले कारवाहीका लागि सिफारिस गरेका सांसदहरुलाई नहटाएको दाबी गर्दै लामो समय वेल घेराउ र नाराबाजी गर्दै विरोध गर्दै आएको थियो ।
अवरोध अन्त्य गरेपछि संसदको रोष्टमबाट बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले मुलुकको राजनीति फरक कोर्समा गइसकेको उल्लेख गर्दै संसदमा अवरोध र विरोध फरक ढंगले गर्ने बताए । ज्ञवालीले निर्वाचनमा जनताले उचित ढंगले फैसला गरेको टिप्पणी समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस