NTC App - Ad

बैठक चल्दाचल्दै फोन आएपछि आजको लागि सारिएको बैठकमा के निणर्य हुने हो ? (रास्वपा)

२१ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । शनिबार राती साढे ८ बजे आकस्मिक रुपमा बैठक बोलाइएको छ ।

रास्वपाले सरकार गठनका बेला भएको सहमतिअनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने माग गरेको छ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।
यसअघि बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने निणर्य गरेको थियो । प्रधानमन्त्रीलाई दिएको २ दिनको समय सकिएपछि शनिबार बैठक बोलाएको हो । आजको बैठकले रास्वपाले हालको परिणामको बारेमा ठोस छलफलहुने जनाएको छ । बैठक चल्दाचल्दै फोन आएपछि आजको लागि सारिएको बैठकमा के निणर्य हुने हो भनेर पार्टि पंक्तिले कुरिरहेका छन् ।

Advertisement:
Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra